PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेपत्ता भएको अग्रवाल परिवार काठमाडौंमा, मिटर ब्याजले बनाएको थियो 'गायव'



पहिलोपोस्ट

बेपत्ता भएको अग्रवाल परिवार काठमाडौंमा, मिटर ब्याजले बनाएको थियो 'गायव'

काठमाडौं : एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार काठमाडौं आइपुगेको छ। पैसा कारोबारका कारण एकाएक गायव बनेको सिंगो परिवार नै आज बिहान काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ।

गएको पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो। ‌ओमप्रकाशकी छोरी रजनी अग्रवालले सिंगो परिवार सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी थिइन्। उनै छोरीले प्रहरीलाई काठमाडौं आइपुगेको जानकारी दिएका हुन्।

'छोरी रजनीले हामीलाई आफ्नो बुबा दाजुभाइ आउनुभएको जानकारी दिनुभएको छ,' एक प्रहरी अधिकृतले भने।

बुधवार दिउँसो रजनीले प्रहरीमा पुगेर आफ्नो परिवार सम्पर्कमा आएको जानकारी दिएकी थिइन्।

बुधवार दिउँसो २ बजे अमित अग्रवालले रजनीलाई ह्वाट्सएपमा फोन गरेका थिए। उनीहरु बिच ६ मिनेट कुराकानी भएको प्रहरीले जानकारी दिएको छ। साथै उनको परिवार भारतबाट चाँडै फर्कने जानकारी पनि रजनीले प्रहरीलाई दिएकी थिइन्।

अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौँको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप 'ग्रीनलाइन' सञ्चालन गर्दै आएको थियो। अग्रवाल परिवारका ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका सँगै ओमप्रकाशकी १७ वर्षीया नातिनी नन्दनी, ९ वर्षीया पार्था र २ वर्षीय अनव सम्पर्क विहीन भएपछि प्रहरीले खोजी गरेको थियो। पुस २३ गते ओमप्रकाशकी छोरीले प्रहरीमा पुगेर आफ्नो बुवा-आमासहित सिङ्गो परिवार नै हराएको भन्दै उजुरी दिएकी छिन्।

प्रहरीको अनुसन्धानमा अग्रवाल परिवार भारत गएको देखिएको थियो।

अग्रवाल परिवारले तीन अर्बभन्दा धेरै रुपैयाँ ऋण लिएको देखिएको छ। जसमा अहिलेसम्म बैङ्क तथा वित्तीय संस्थाबाट आधा र त्यसभन्दा धेरै रकम मिटर ब्याजमा लिएको खुलेको छ। एकाएक गायव हुनुअघि अग्रवालको घरमा फेला परेको नोटमा यसबारे उल्लेख गरिएको थियो।

यसका साथै अग्रवाल बैंकहरुको सम्पर्कमा आएका छन्। बुधवार साँझ फोन सम्पर्कमा आएका उनीहरु बिहीवार प्रशासनिक काम सकेर बैंक ब्यवस्थापकहरुलाई भेट्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell