PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने



पहिलोपोस्ट

मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने
फाइल फोटो

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ।

जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको समाप्तिमा शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्न निर्धारण गरिएकोमा साविक विजेता मछिन्द्र क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै शीर्षस्थानमा रहेको थियो।

मछिन्द्रले उक्त खेल जितेको खण्डमा अप्रिल १२ मा भारतीय क्लब एटीके मोहन बगानसँग कोलकतामा खेल्नेछ। उक्त खेलको विजेताले एएफसी कपको समूह चरणमा स्थान बनाउने छ। अर्थात समूह डीमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्ससँग खेल्नेछ।

अघिल्लो सिजन लिग विजेता बनेर पनि मछिन्द्र क्लबले एएफसी कपको छनोट खेल्ने अवसर पाएको थिएन। त्यसबेला नेपालमा एएफसी लाइसेन्स भएको एकमात्र क्लब त्रिभुवन आर्मी फुटबल क्लब थियो। लिगमा उपविजेता भएर पनि आर्मीले एएफसी कपको छनोट खेल्ने अवसर पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell