PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पार्टी र महानगरवासीले चाहे फेरि मेयरको उम्मेदवार : विद्यासुन्दर शाक्य



पहिलोपोस्ट

पार्टी र महानगरवासीले चाहे फेरि मेयरको उम्मेदवार : विद्यासुन्दर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेन बताएका छन्। 

बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा शाक्यले नेकपा एमालेले फेरि जिम्मेवारी दिए आफू तयार रहेको बताएका हुन्।

‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ। म एउटा पार्टीको कार्यकर्ता हो। पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो। अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ,’शाक्यले भने।

सरकारले अर्को वर्ष वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। मिति घोषणासँगै पार्टीहरुमा निर्वाचनको माहोल सुरु भएको छ। नेकपा एमालेबाट अहिले शाक्य र केशव स्थापितको नाम चर्चामा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell