PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाली फुटबल टोलीको वरीयता सुधार



पहिलोपोस्ट

नेपाली फुटबल टोलीको वरीयता सुधार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो

नेपालको ९८२.२२ अंक छ। नेपाल भन्दा एकस्थान अघि रहेको सिंगापुरको १०००.६१ अंक छ भने नेपाल भन्दा एक स्थान पछि रहेको कम्बोडियाको ९८२.२२ अंक छ।

नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो।

वरीयताको शीर्षस्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा अर्जेन्टिना छ। एसियामा शीर्ष तीनमा रहेका इरान, जापान र कोरिया विश्ववरीयतामा २१, २३ र २९ ‍औं स्थानमा छन्।

दक्षिण एसियामा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५७ औं स्थानमा छ। त्यस्तै भुटान १८५, बंगलादेश १८६ र पाकिस्तान १९७ स्थानमा रहँदा श्रीलंका २०४ ‍औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell