PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बालुवाटरमा देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता



पहिलोपोस्ट

बालुवाटरमा देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसद्बाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ। आजको बैठकमा नेताहरुबिच एमसिसीको बारेमा छलफल भएको बताइएको छ।

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र र एमसीसीले पनि पठाएको जवाफी पत्र सार्वजनिक भएपछि अहिले दलहरु छलफल जुटेका छन्।

आजको छलफलमा वैशाख ३० गतेका लागि तय भएको  स्थानीय तहको निर्वाचन र गठबन्धनलाई कसरी अगाडि लिएर जाने भन्ने बारेमा पनि छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell