PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शेखर पछि शशांकको पनि उस्तै स्वर : चुनावमा गठबन्धन गर्नु हुन्न



पहिलोपोस्ट

शेखर पछि शशांकको पनि उस्तै स्वर : चुनावमा गठबन्धन गर्नु हुन्न

काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। पार्टीको कार्य सम्पादन बैठक अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले चुनावमा पार्टी एक्लै जानुपर्ने धारणा राखेका हुन्।

'चुनावमा एक्लै जानुपर्छ। हाम्रो छुट्टै अस्तित्व छ,' नेता कोइरालाले भने, 'गठबन्धन गरे कमजोर हुन्छ।'

संस्थापन इतरका नेताहरु पार्टी नेतृत्त्वलाई गठबन्धन नगर्न दवाव दिँदै आएका छन्। पार्टीको महाधिवेशनमा अन्तिम समयमा संस्थापन पक्षतिरै देखिएका शशांकले गठबन्धनविरुद्ध अभिव्यक्ति दिनुअघि अन्य नेताहरुले पनि यस्तैखाले अभिव्यक्ति दिएका छन्।

१४औं महधिवेशनमा पार्टी सभापतिका प्रत्यासी नेता शेखर कोइरालाले गठबन्धनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। उनले आफ्नो पार्टीमा मात्र होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा समेत चुनावी गठबन्धन विरुद्ध बोलेका थिए। प्रचण्डसँगको भेट अघि शेखरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell