PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

टेन्डी शेर्पा मेमोरियल बास्केटबल फागुन २ बाट, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिम



पहिलोपोस्ट

टेन्डी शेर्पा मेमोरियल बास्केटबल फागुन २ बाट, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिम

काठमाडौं : लेट लामा टेन्डी शेर्पा मेमोरियल ओपन मेन एण्ड वुमन्स बास्केटबल च्याम्पियनसिप फागुन २ गतेबाट सुरु हुने भएको छ। खेल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ।

पुरुषतर्फ १४ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहने छ। पुरुषतर्फ एउटा विदेशी टोली र दुईवटा काठमाडौं उपत्यका बाहिरको टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

महिला तथा पुरुषतर्फका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले १० हजार रुपैयाँ प्राप्त गर्नेछ।

पुरुषतर्फ नकआउट र महिलातर्फ राउण्ड रोबिनको आधारमा खेल हुने छ। प्रतियोगिताको लागि साढे ८ लाखको बजेट रहेको एक्टिङ प्रेसिडेन्ट भीमसिंह गुरुङले बताए।

प्रतियोगिताका लागि तीनवटा समिति गठन गरेको छ। जसमा फणिन्द्रमान श्रेष्ठको नेतृत्वमा अनुशासन कमिटी, लोजिस्टिक कमिटी विकाश शाही र मार्केटिङ कमिटी सन्तोष ताम्राकारको नेतृत्वमा रहने छ।

महिला सहभागी टिम

ललितपुर हाइ

रोयल बास्केटबल एकेडेमी

कीर्तिपुर नगरपालिका

रुपन्देही बास्केटबल संघ

नेपाल पुलिस क्लब

पुरुषतर्फ सहभागी टिम

रोयल बास्केटबल एकेडेमी

गोल्डन गेट बास्केटबल क्लब

एनसीसीएस

जेभियर इन्टरनेशनल टिम

बीएमके

क्याम्पियन सोलो

टाइम्स बास्केटबल क्लब

कीर्तिपुर नगरपालिका

ड्रिम टिम

कास्की बास्केटबल संघ

त्रिभुवन आर्मी क्लब

शङ्कर देव क्याम्पस

एचआईके भिजन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell