PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज' १० जुनमा रिलिज हुने



पहिलोपोस्ट

अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज'  १० जुनमा रिलिज हुने

बलिउड फिल्म 'पृथ्वीराज' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अक्षयकुमार अभिनित फिल्म आगामी  १० जुन अर्थात् २७ जेठमा रिलिज हुने पक्का भएको हो।

अभिनेता अक्षयकुमारले नयाँ रिलिज डेटबारे ट्विटरमार्फत् जानकारी दिएका हुन्। पृथ्वीराज चौहानको भूमिकामा देखिन पाउनु सौभाग्यको कुरा भएको उनले उल्लेख गरेका छन्।

यसअघि फिल्म २१ जनवरी २०२२ मा रिलिज हुने तय भएको थियो। तर, भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमा हल बन्द भएपछि अनिश्चितकालका लागि रिलिज डेट स्थगित गरिएको थियो।

यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको कथामा आधारित छ। फिल्ममा अक्षय कुमार पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै फिल्ममा मिस वर्ल्ड मानुषी चिल्लरको पनि मुख्य भूमिका छ।

साथै सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ। शराज ब्यानरले निर्माण गरेको फिल्ममा डाक्टर चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell