PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

निर्वाचनका लागि सरकारले छुट्यायो १० अर्ब, माग भने ५० अर्बभन्दा बढी



पहिलोपोस्ट

निर्वाचनका लागि सरकारले छुट्यायो १० अर्ब, माग भने ५० अर्बभन्दा बढी
FILE PHOTO

काठमाडौं : सरकारले २०७९ साल वैशाख ३० गते स्थानीय निर्वाचन तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगदेखि सरोकारवाला निकायहरु चुनावलाई लिएर छलफलमा छन्।

यसबिच अर्थ मन्त्रालय पनि चुनावको बजेटलाई लिएर अहिले विभिन्न सरोकारवालासँग छलफलमा जुटेको छ। सरकारले चालु वर्षको बजेटमा निर्वाचनको लागि १० अर्ब रुपैयाँ छुट्याएको छ। तर,  विनियोजनभन्दा ५ गुणा बढी बजेटको माग आएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चुनावका लागि बिनियोजन गरिएभन्दा ५ गुणा बढी माग आएको बताएका हुन्। बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्द्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री शर्माले माग उच्च हुँदा मन्त्रालयमाथि दवाव बढेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell