PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

सरकारविरुद्ध बानेश्वरमा युवा संघले निकाल्यो विरोध र्‍याली

सरकारविरुद्ध बानेश्वरमा युवा संघले निकाल्यो विरोध र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारविरुद्ध राष्ट्रिय युवा संघ नेपालले विरोध र्‍याली निकालेको छ। गठबन्धन सरकारले जनघाती काम गरेको भन्दै युवा संघले बानेश्वरस्थित बिजुली बजारमा विरोध र्‍याली निकालेको हो।

युवा संघले पेट्रोलियम पदार्थलगायतको मूल्य वृद्धि खारेज गर्नपर्ने, लिपुलेक लिम्पियाधुरा छिमेकी देशसँग फिर्ता लिनुपर्ने, रेणु यादवलाई बर्खास्त गर्नपर्ने, खोप चोरी प्रकरणको छानबिन गर्नपर्ने जस्ता चार बुँदे माग राखेको छ।

र्‍यालीमा सहभागीहरुले प्रतीकात्मक रूपमा निधारमा कालो पट्टी लगाएका थिए। उनीहरुले ‘रेणुकुमारी यादवलाई बर्खास्त गर’, ‘स्वास्थ्यमन्त्रीलाई कारबाही गर’, ‘नेपाली भूमि फिर्ता गर’लगायतका नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरुले सरकारविरुद्ध विभिन्न नारा पनि लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell