PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रदेश भेला देखाउँदै एमालेले भन्यो : फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौं



पहिलोपोस्ट

प्रदेश भेला देखाउँदै एमालेले भन्यो : फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौं

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक फेरि स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आग्रह गरेको छ। प्रतिनिधिसभा बैठक आगामी फागुन २ गतेका लागि बोलाइएको छ। तर, सो दिन आफ्नो प्रदेश १ को प्रदेश स्तरीय भेला रहेको भन्दै एमालेले बैठक सार्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको हो।

उक्त भेलामा प्रदेश १ का संघीय र प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि पनि सामेल हुनुपर्ने भएकाले बैठक स्थगित गर्न आग्रह गरिएको एमालेले जनाएको छ।

एमालेले नै यसअघिका बैठकहरु अवरुद्ध गर्दै आएको थियो। आफूले कारवाही गरेको सांसदहरुलाई हटाउनुपर्ने र सभामुखको राजीनामा माग्दै संसद चल्न नदिएका कारण बैठकको मिति पटकपटक स्थगित हुँदै आएको छ।

पछिल्लो समय सभामुख सापकोटा नै एमसीसीको विषयलाई लिएर बैठकबारे निष्कर्षमा पुग्न नसकेको बताइन्छ। सत्तारुढ दल भित्र एमसीसीलाई लिएर रहेको छुट्टाछुट्टै धारण र संसदबाट एमसीसी पास गर्नुपर्ने दबाबबिच बैठक बस्न नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell