PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष अग्रहरिसहित पाँच जना कांग्रेसमा प्रवेश, सानेपामा देउवाले गरे स्वागत



पहिलोपोस्ट

लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष अग्रहरिसहित पाँच जना कांग्रेसमा प्रवेश, सानेपामा देउवाले गरे स्वागत

काठमाडौँ नवलपरासीका विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। बिहीबार दिउँसो पार्टी केन्द्रीइ कार्यसम्पादन बैठकअघि सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध पाँच जना कांग्रेसमा प्रवेश गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरिको नेतृत्वमा पाँच जना कांग्रेस प्रवेश गरेका हुन्। नगेन्द्र प्रदेश सभा सदस्यका उम्मेदवारसमेत हुन्। त्यसैगरी लोसपाका जयप्रकाश सहनी,  मनोजकुमार गिरी,  माया अग्रहरि र एमालेका धिरज शर्मा कांग्रेस प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell