PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा



पहिलोपोस्ट

फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन १ गते ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्।

माघ २५ गते गृहजिल्ला हेटौँडा आएर राप्रपा त्यागेको घोषणा गरेका थापाले फागुन १ गते नयाँ दल दर्ता गर्न लागेको उनी निकट नेता राजाराम बर्तौलाले बताए।

थापा नेतृत्वको पार्टीमा पूर्व कोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र उद्धव पौडेल, तथा राप्रपाका  पूर्व प्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन्।

गत मंसिरमा सम्पन्न महाधिवेशनमा आफूलाई अध्यक्षमा हराउन पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको आरोप उनले लगाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell