PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

टी २० सिरिज: नेपाल र ओमन भिड्दै



पहिलोपोस्ट

टी २० सिरिज: नेपाल र ओमन भिड्दै

काठमाडौं: विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा हेरिएको चारदेशीय टी २० सिरिज अन्तर्गत नेपालले आज ओमनको सामना गर्दैछ। ‌ओमनस्थित अल अमेरेत स्टेडियममा नेपाल र ओमनबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

मंगलवार ओमन पुगेको नेपालले आजै आयरल्याण्ड, ओमन र युएई र नेपाल सम्मिलित सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने लागेको हो। कप्तान सन्दीप लामिछानेको हिसाबले भन्ने हो भने क्वालिफायर्सका लागि बेस्ट प्लेइङ ११ छान्ने अवसर हो यो।

सिरिजमा नेपालले ओमनसँग आज, यूएईसँग शनिवार र आयरल्याण्डसँग सोमवार खेल्नेछ। नेपालले ओमन पुगेर अभ्यास पनि गरिसकेको छ।

सिरिजपछि विश्वकपको ग्लोबल क्वालिफायर्स सुरु हुनेछ।

आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १८ देखि २४ सम्म रहेको आईसीसीले जनाएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।

नेपालले फेब्रुअरी १८ मा ओमनसँग, १९ मा फिलिपिन्ससँग र २१ मा क्यानडासँग खेल्नेछ।

आयरल्यान्ड, युएई, जर्मनी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell