PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मन्दिरको ताला तोडेर चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटियो २० दिनपछि



पहिलोपोस्ट

मन्दिरको ताला तोडेर चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटियो २० दिनपछि

काठमाडौं : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको  चोरी भएको मूर्ति फेला परेको छ। आज बिहान खुमलटार नजिकैको एक मन्दिरबाट मूर्ती फेला परेको ललितपुरका प्रमुख जिल्ला अधिकरी धनश्याम उपाध्ययले जानकरी दिए।

'मूर्ति फेला परेको छ। आज नै सबै प्रक्रिया पुरा गरेर मन्दिरलाई मूर्ति हस्तान्तरण गरिनेछ,' सिडिओ उपाध्यायले भने।

माघ ८ गते १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको थियो। माघ ८ गते बिहान पुजारीले पूजा गर्न जाँदा मूर्ति नदेखेपछि वडाध्यक्षलाई सम्पर्क गरेका थिए। मूर्ति मन्दिरको ताल्चा तोडेर चोरी भएको देखिएको छ।

पछिल्लो समय उपत्यकामा मूर्ति चोरीको घटना बढिरहेको छ। केही साता अघि काठमाडौंको इचंगु र ललितपुरको हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell