PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

देउता भेटिँदाको हर्ष : यसरी चल्यो बाजागाजा र अविर जात्रा

देउता भेटिँदाको हर्ष : यसरी चल्यो बाजागाजा र अविर जात्रा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बीस दिनअघि हराएको ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति भेटिएपछि स्थानीयहरु खुशी भएका छन्।

शुक्रवार बिहान ललितपुरको हात्तीवनस्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा मूर्ति फेला परेको थियो।

उक्त मूर्तिलाई आज नै बालकुमारी मन्दिर पुर्‍याइएको छ। महानगरीय प्रहरी परिसर ललितपुरमा मूर्ति भेटिएपछि मन्त्रीदेखि स्थानीय मानिसको उपस्थिति थियो। त्यसपछि उनीहरुले प्रहरी परिसरबाट पूजाआजा गरी मन्दिर लगेका थिए। बाटोमा अविरयात्रा तथा बाजागाजाका साथ मूर्तिको यात्रा गराइएको थियो। माघ ८ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell