PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

'पहिलो पटक' भन्दै तेस्रो खोप लगाउनेहरुलाई स्वास्थ्य मन्त्रीको आग्रह : जानकारी गराउनुस्, डराउन र लाज मान्न पर्दैन



पहिलोपोस्ट

'पहिलो पटक' भन्दै तेस्रो खोप लगाउनेहरुलाई स्वास्थ्य मन्त्रीको आग्रह : जानकारी गराउनुस्, डराउन र लाज मान्न पर्दैन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पहिलो र दोस्रो डोज भन्दै बुस्टर डोज लगाएको भए जानकारी दिन सर्वसाधारणसँग अनुरोध गरेका छन्।

सरकारले सबै नागरिकलाई १ फागुन देखि बुस्टर डोज लगाउन सुरु गर्ने घोषणा गरेको भन्दै उनले सरकारको घोषणा अगावै कसैले बुस्टर डोज वा तेस्रो मात्रा लगाएको भए जानकारी गराउन आग्रह गरेका हुन्।

‘केही हजार वा आधा लाख पनि हुनसक्छ। यो हाम्रो अनुमान हो। कहिँ कतै खोप लगाउनु भयो। रेकर्डमा छैन र बुस्टरको खोप कार्ड पाउनु भएको छैन,’ उनले भने, ‘यदि त्यस्तो भए। जहाँ खोप लगाउनु भएको हो। त्यहाँ गएर जानकारी दिनुहोला, खोप कार्ड लिनु होला। लाज मान्नु पर्दैन। डराउन पर्दैन। ज्यानको माया गरेर त्यसो गर्नुभएको हो।’

उनले सरकारले घोषणा नगर्दै बुस्टर मात्रा लिनेको संख्या पनि रहेको हुनसक्ने अनुमान गरे।

‘हामीले फागुन १ बाट भनेका छौँ। त्यसअघि पनि लगाउनु भयो होला। गाउँमा स्वास्थ्यकर्मीले हातमा खोप हुँदा खेर जानुभन्दा लगाइदिनु भयो होला,’ उनले अगाडि भने, ‘ज्यानको माया लागेर लगाउनु भयो होला। यति लगाउनु भयो भन्ने छैन। लगाउनु भएको भए रेकर्ड गराउनुस्। यदि रेकर्ड गराउनु भएन भने कार्ड पाउनु हुन्न। तपाईँले बुस्टर डोज लगाएको खोप कार्ड पाउन चौँथो पाँचौँ डोज लगाउनुपर्ने हुनसक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell