PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

एमसीसी संसदमा लैजाउँ, दूधको दूध, पानीको पानी छुट्टिन्छ : कांग्रेस प्रवक्ता महत



पहिलोपोस्ट

एमसीसी संसदमा लैजाउँ, दूधको दूध, पानीको पानी छुट्टिन्छ : कांग्रेस प्रवक्ता महत
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय मुद्दाका महत्त्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन्।

प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरे।

'सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ,' उनलेभ ने, 'शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दहाल प्रचण्ड, झलनाथ खनालदेखि डा बाबुराम भट्टराईसम्म एमसीसी नेपाललाई चाहिन्छ भन्ने प्रक्रियामा सहभागी भइसक्नु भएको छ।'

नेता महतले एमसीसी नेपालले नै मागेको सहयोग भएको भन्दै अनावश्यक होहल्ला गरिएको आरोप लगाए।

उनले राष्ट्रिय मुद्दामा महत्वपूर्ण विषयमा जनतामा भ्रम सृजना गर्ने काम भइरहेको भन्दै मिडियाले वास्तविक विषयमा छलफल बहस चलाउनुपर्ने बताए।

'हिजो अरुण तेस्रो जलविद्युत आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउन खोज्दा त्यो काम राष्ट्रियताको हित विपरीत छ भनेर देशभर गलत हल्ला फैलाएको थियो,' महतले भने। अहिले एमसीसीमा पनि त्यही भएको उनको भनाई थियो। एमसीसी नेपालजस्ता विकाशोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताउँदै महतले सबै सरकार यसको पक्षमा रहेको बताए।

'सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार छन्। कसैको पनि असहमति छैन। ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति गरिएको हो,' नेता महतले भने, 'यसमा कुनै पनि जिमेवार दलले चुप लागेर बस्नु दुखद् हो। सत्य कुरा के हो त्यसबारे स्पस्ट बोल्नुपर्छ।'

नेपालको प्राथमिकता अनुसारको नि:शुल्क सहयोग परियोजना भएको बताउँदै उनले एमसीसी नेपालकै कानुन अनुसार संचालन हुने बताए। उनले एमसीसी सैन्य परियोजना नभएको पनि दावी गरे।

'ऋण दिने देशले आफ्नै देशको ठेकेदार पठाउँछ, सामग्री पठाउँछ तर विरोध हुँदैन। एमसीसीमा विरोध हुनु दुर्भाग्य हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell