PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ



पहिलोपोस्ट

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ

काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा। 

दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म युट्युवमा सार्वजनिक गरिएको हो। २४ मिनेटको फिल्मले आत्महत्या रोकथामको विषयलाई उठान गरेको छ। डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको प्रयास गर्नेलाई कस्तो व्यवहार गर्ने र कसरी परामर्श दिने भन्ने फिल्मले सन्देश दिएको छ।

मानसिक स्वास्थ्यका विषयमा पर्याप्त बहस गर्ने चलन समेत नभएको अवस्थामा निर्देशक लामाको यो सर्ट फिल्मले त्यसलाई केन्द्रीय विषयवस्तु बनाएको हो। अन्य रोग र उपचार भन्दा फरक रुपमा मानसिक स्वास्थ्यलाई लिइँदै आएकोमा त्यसलाई चिरेर सामान्यीकरण गर्न खोजेका छन् निर्देशकले। 

शुभ मिडिया होम प्रोडक्शनले प्रस्तुत गरेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell