PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सभामुखलाई एमसीसी रोक्ने अधिकार छैन, संसदमा पेस होस् : ओली



पहिलोपोस्ट

सभामुखलाई एमसीसी रोक्ने अधिकार छैन, संसदमा पेस होस् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रस्ताव अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा पेस गर्न सभामुखले रोक्न नसक्ने बताएका हुन्।

सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अनधिकृत ढंगले अघि बढन नदिएको भन्दै उनले पदीय मर्यादा विपरितका गतिविधिविरुद्ध सत्तारुढ गठबन्धन नबोलेकोमा आपत्ति जनाए।

‘सरकारले निर्णयार्थ संसदमा दर्ता गरेको प्रस्तावलाई रोक्ने अधिकार सभामुखलाई छैन। उनले अनधिकृत ढंगले बल मिच्याई गरेका छन। गठबन्धन निरीह बनेको छ। गठबन्धनमा सत्तामोह देखिएको छ। सभामुखको विषयमा सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन’ उनले भने।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भीर खेलबाड गरेको आरोप समेत लगाएका छन्। उनले गठबन्धनमा रहेका अन्य दललाई सो पत्र बारे थाहा छ कि छैन भनेर प्रश्न समेत गरे।

ओलीले पूर्व सभामुख कृष्णबहादुर महराले झैं अग्नि सापकोटाले पनि संसदलाई बन्धक बनाएको आरोप लगाएका छन्। उनले एमसीसीको भविष्य सांसदहरुलाई तय गर्न दिनुपर्ने माग गरे।  

‘संसदले के गर्छ, त्यो आफ्नो ठाउँमा होला। संसदलाई निर्णयार्थ दिनुपर्‍यो। तर संसदलाई नदिएर रोक्ने कुरा उनको अधिकार भित्रको कुरा होईन’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell