
काठमाडौं : पछिल्लो २४ घन्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २० हजार ९८९ जनाको कोरोना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण देखिएको हो।
आरटी-पीसीआर परीक्षणबाट ६६६ जना र एन्टीजेन परिक्षणबाट ४६२ जनामा कोरोना संक्रमण पहिचान भएको हो। परीक्षण गरिएका मध्ये ५.३७ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो।
त्यसैगरि पछिल्लो २४ घन्टामा २ हजार २१५ जना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय संकमितको संख्या २७ हजार ४४१ पुगेको छ।
कोरोना संक्रमणका कारण थप १४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ११ हजार ८७८ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।