
काठमाडौं: ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिज अन्तर्गतको खेलमा ओमनले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ। अलअमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको हो।
ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक अवितिज ४३ रन बनाउँदा मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३ तथा कश्यप प्रजापति, शोएब खान र आयन खानले समान ११ रन बनाए।
बलिङतर्फ नेपालका लागि अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिएर कश्यप प्रजापति, मोहम्मद नदीम र नसीम खुशीको विकेट लिए। त्यसबाहेक कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल सिंह ऐरीले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।