PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पुनरागमन गर्दै फेरि बराबरीमा रोकियो आर्मी, १० खेल खेल्दा ६ खेलमा बराबरी



पहिलोपोस्ट

पुनरागमन गर्दै फेरि बराबरीमा रोकियो आर्मी, १० खेल खेल्दा ६ खेलमा बराबरी
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेल १-१ गोलको बराबरीम रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता बनाएको थियो। खेलको ५३ औं मिनेटमा अनगुना जुनियरको गोलमा जावलाखेलले अग्रता बनाएको थियो। यता आर्मीका लागि खेल सकिनै लाग्दा इन्ज्युरी समयमा सुमन अर्यालले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। र, १-१ को बराबरीमा जावलाखेल र आर्मी रोकिए।

यो सँगै जारी सिजन आर्मीको बराबरीको शृङ्खला लम्बिएको छ। आज दशौं खेल खेलेको आर्मीले ६ वटा खेलमा बराबरी र चारवटामा जित निकाल्दै १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै आर्मीसँग अंक बाँडेको जावलाखेल ९ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ। तालिकाको शीर्ष दुईमा २३ अंक जोडेको मछिन्द्र क्लब र १९ अंक जोडेको मनाङ मर्स्याङदी क्लब छन्।

आजै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोलअन्तरले हराउँदै रेलिगेशनको रेड जोनबाट माथि उठेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell