PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

ओमानको घरेलु मैदानमा नेपालको जित [तस्विरहरु]

ओमानको घरेलु मैदानमा नेपालको जित [तस्विरहरु]

पहिलोपोस्ट /पहिलोपोस्ट


ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिजमा नेपालले ओमनलाई ६ विकेटले हराएको छ। अलअमेरत क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपाल विजयी भयो। घरेलु टोली ओमनलाई नेपालले ६ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक अवितिज ४३ रन बनाउँदा मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३ तथा कश्यप प्रजापति, शोएब खान र आयन खानले समान ११ रन बनाएका थिए।

बलिङतर्फ नेपालका लागि अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिएर कश्यप प्रजापति, मोहम्मद नदीम र नसीम खुशीको विकेट लिए। त्यसबाहेक कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल सिंह ऐरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको सहायतामा ७३ रन बनाए। आरिफ शेखले २५ रन बनाउँदा आशिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए।

सिरिजमा नेपालले अर्को खेल यूएईसँग शनिबार र सोमबार आयरल्याण्डसँग खेल्नेछ।

तस्विरहरुः क्यान



ट्रेन्डिङ पोस्ट

Ncell