PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एमसीसी पारित गर्न पार्टीले सहयोग गर्दैनः माधव नेपाल



पहिलोपोस्ट

एमसीसी पारित गर्न पार्टीले सहयोग गर्दैनः माधव नेपाल

वीरगंजः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न आफ्नो पार्टीले सहयोग नगर्ने बताएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यथास्थितिमा पारितको पक्षमा नरहेको बताएका हुन्।

एमसीसीका केही बुँदा नसच्याएसम्म पार्टीले पारितको लागि समर्थन नगर्ने उनले बताए।

अमेरिकी सुरक्षा रणनीति, ट्रान्समि;न निर्माण हुने भू-भागमा नेपालको स्वामित्व, निर्माणको काममा नेपाली कामदार, अमेरिकाको कानुन तथा नेपालको कानुन बाझिने वा नबाझिने विषयमा असहमति रहेको र सच्याइएको खण्डमा समर्थन हुनसक्ने नेपालले बताए।

उनले सार्वभौमसत्ता विपरीत विदेशी सहयोग मान्य नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell