PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘प्रमिस डे’मा अनमोलको कसम : भ्यालेन्टाइन्स डेमा मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु



पहिलोपोस्ट

‘प्रमिस डे’मा अनमोलको कसम : भ्यालेन्टाइन्स डेमा मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु

काठमाडौं : अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत शुक्रवार रिलिज भयो। काठमाडौंमा एक कार्यक्रमबिच ‘फूलको थुंगा’ बोलको गीत सार्वजनिक गरिएको थियो।  

कार्यक्रममा मिडियाकर्मीसँग कलाकार र निर्माण पक्षको सवालजवाफ भएको थियो। त्यसैक्रममा अभिनेता अनमोललाई फिल्मको ब्यानर देखि अभिनेत्री नदोहोराउने विषयमा प्रश्न गरियो। अनि सोधियो ‘भ्यालेन्टाइन विक’ बारे प्रश्न।

'भ्यालेन्टाइन विक' अन्तर्गत आज ‘प्रमिस डे।’ कार्यक्रममा सुहाना र अनमोललाई एकअर्कालाई के ‘प्रमिस’ गर्न चाहनु हुन्छ भनेर प्रश्न सोधिएपछि अनमोलले सुहानाको हातबाट माइक लिए र फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’को दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने वाचा गरे।

 ‘भ्यालेन्टइन्स डेको दिन मेरो इस्टाग्राम स्टोरीमा म मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु,’ अनमोलले भने, ‘यो मेरो प्रमिस हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell