काठमाडौं: चारदेशीय टी २० सिरिज अन्तर्गत नेपालले आज यूएईको सामना गर्दैछ। नेपाल, आयरल्याण्ड, ओमन र यूएई सम्मिलित सिरिजमा नेपालले आज मध्यान्ह पौने १२ बजे युएईको सामना गर्नेछ।
खेल ओमनस्थित अल अमेरत स्टेडियममा हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली ओमनलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो। यूएईसँग नेपालले पछिल्लो पटक सन् २०१९ मा तीनवटा खेल खेलेको थियो। जसमा दुई खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो।
सिरिजपछि विश्वकपको ग्लोबल क्वालिफायर्स सुरु हुनेछ।
आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १८ देखि २४ सम्म रहेको आईसीसीले जनाएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।
नेपालले फेब्रुअरी १८ मा ओमनसँग, १९ मा फिलिपिन्ससँग र २१ मा क्यानडासँग खेल्नेछ।