
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन वटा खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। पुलिस ९ खेलबाट १० अंक जोड्दै अंकतालिकाको १० औं स्थानमा छ भने सातदोबाटो युथ क्लब १२ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।
त्यस्तै दिउँसो १ बजे नै दशरथ रंगशालामा मछिन्द्र क्लब र च्यासल युथ क्लब आमनेसामने हुनेछन्। साविक विजेता मछिन्द्र २३ अंक जोडेर शीर्ष स्थानमा रहँदा च्यासल ५ अंक जोडेर तालिकाको पुछारमा छ।
त्यस्तै तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन्। मनाङले १९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहँदा १६ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।