PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा



एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भइरहेको हो।

गठबन्धनमा अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन्। गठबन्धनमा विवाद बढ्दै गर्दा तीन नेताबिच भेट भएको हो।

पछिल्लो समयमा एमसीसीलाई देउवा र प्रचण्डले पठाएको पत्र र एमसीसीले पनि पठाएको जवाफी पत्र सार्वजनिक भएपछि गठबन्धन सकसमा छ।

सम्बन्धित समाचार : ‌ओलीले गिजोलेको एमसीसी एकीकृत समाजवादीको राजनीतिक अस्त्र बन्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell