PahiloPost

Jun 24, 2026 | १० असार २०८३

तीन दिनसम्म मौसम सफा रहन्छ : महाशाखा



पहिलोपोस्ट

तीन दिनसम्म मौसम सफा रहन्छ : महाशाखा

काठमाडौं : आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell