PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सुरीको आक्रामक अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो १ सय ९३ रनको विशाल लक्ष्य



पहिलोपोस्ट

सुरीको आक्रामक अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो १ सय ९३ रनको विशाल लक्ष्य
फाइल फोटो: क्यान

काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत ओमनमा जारी खेलमा यूएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको हो।

यूएईको विशाल लक्ष्य खडा गर्न चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्काको सहायतामा अविजित ८४ रन बनाउँदा रोहन मुस्तफाले ४९ रन बनाए। त्यस्तै मोहम्मद वसीमले २२ रन बनाउँदा बसील हमिदले १७ र मोहम्मद बोटा १४ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका शाहब आलम, सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट लिए।

यसअघिको खेलमा नेपालले ओमनलाई ६ विकेटले हराएको थियो। अर्को खेलमा नेपालले सोमवार आयरल्याण्डको सामना गर्नेछ। यो सिरिजलाई विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell