PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

ईश्वर पोखरेलको कटाक्ष : विदेशीसँग एउटा, कार्यकर्तासँग एउटा अनि जनतालाई भने अर्कै कुरा भन्छन् प्रचण्ड



पहिलोपोस्ट

ईश्वर पोखरेलको कटाक्ष : विदेशीसँग एउटा, कार्यकर्तासँग एउटा अनि जनतालाई भने अर्कै कुरा भन्छन् प्रचण्ड

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे जनतालाई अलमल्याउने काम गरेको आरोप लगाएका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीप्रति प्रचण्डको दोहोरो चरित्र देखिएको समेत बताए।

भने, ‘विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग एउटा कुरा। जनतासँग भने अर्कै कुरा। यस्तो खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका दूर्भाग्यपूर्ण गतिविधि भएका छन।’

पछिल्लो समयमा एमसीसीलाई देउवा र प्रचण्डले पठाएको पत्र र एमसीसीले पनि पठाएको जवाफी पत्र सार्वजनिक भएपछि राजनीति तातेको छ। सत्तारुढ गठबन्धनमा नै एमसीसीलाई लिएर एकमत नहुँदा प्रतिपक्षी दल एमाले सरकारले एमसीसीबारे आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell