PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

भित्तो कोतर्दै प्लटिङ : कुरुप बन्दै काँठ

भित्तो कोतर्दै प्लटिङ : कुरुप बन्दै काँठ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकाका शहरी क्षेत्रमा जति अव्यस्थित रुपमा शहरीकरण बढिरहेको छ काँठ क्षेत्रको अवस्था पनि बिग्रँदो छ। काँठ क्षेत्रमा प्लटिङसँगै खण्डित हुँदैछ। उपत्यकाको जलाधार क्षेत्र मानिएको काँठ क्षेत्रमा अवैज्ञानिक ढंगले जग्गा प्लटिङ हुँदा पानीका मुहानहरु सुक्न थालेका छन्।

कुनै समय हराभरा देखिने काठमाडौं उपत्यका अहिले उजाड भएको छ। अब सांस्कृतिक विरासत बोकेको शहरी क्षेत्र मात्र होइन काँठ क्षेत्र पनि भरिन थालेका छन् घरै घरले।

बुढानीलकण्ठमा गरिएको प्लटिङ

बुढानीलकण्ठ, साँखु, दक्षिणकाली, चाँगुनारायण, सूर्यविनायक, लेले, चापागाउँ लगायतका क्षेत्रमा अहिले प्लटिङको संख्या ह्वात्तै बढेको छ।  कतैकतै भिर नै काटेर जग्गाका लागि प्लटिङ हुँदा भने पहिरोको खतरा पनि बढ्दै गएको छ। 

सबै तस्विर : नेश्नल न्यूज एजेन्सी

ललितपुरको गोदावरीस्थित न्यौपाने गाउँ
ललितपुरको चापागाउँस्थित टाहाखेल शेरा फाँट
भक्तपुरको गुण्डु क्षेत्र
भक्तपुरको डोकाथली गाउँ
बुढानीलकण्ठको चिसनी हाइट
ललितपुरको ढुंगे साँघु
ललितपुरको विशंखु नारायण नजिकैको क्षेत्र
ललितपुरको बज्रवाराही क्षेत्र नजिकैको जंगल क्षेत्र


ट्रेन्डिङ पोस्ट

Ncell