PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

नेपाल यूएईसँग पराजित



पहिलोपोस्ट

नेपाल यूएईसँग पराजित
फाइल फोटो

काठमाडौं : चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत ओमनमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग पराजित भएको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।

यूएईको विशाल लक्ष्य खडा गर्न चिराग सुरीले अविजित ८४ रन बनाउँदा रोहन मुस्तफाले ४९ रन बनाए। त्यस्तै मोहम्मद वसीमले २२ रन बनाउँदा बसील हमिदले १७ र मोहम्मद बोटा १४ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका शाहब आलम, सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल १६७ रनमा समेटियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाउँदा आशिफ शेखले ३४, लोकेश बमले ३३ तथा ज्ञानेन्द्र मल्लले २२ रन बनाए।

बलिङतर्फ यूएईका रोहन मुस्तफा र खासिफ दाउदले समान २ विकेट लिँदा जुनैद सिद्दिकीले १ विकेट लिए।

यसअघिको खेलमा नेपालले ओमनलाई ६ विकेटले हराएको थियो। अर्को खेलमा नेपालले सोमवार आयरल्याण्डको सामना गर्नेछ। यो सिरिजलाई विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell