PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

च्यासललाई मछिन्द्रले हरायो, पुलिस सातदोबाटोसँग पराजित



पहिलोपोस्ट

च्यासललाई मछिन्द्रले हरायो, पुलिस सातदोबाटोसँग पराजित
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले पुलिसमाथि १-० गोलअन्तरले जित निकालेको हो। सातदोबाटोको जितमा आकाश बुढा मगरले खेलको १९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे।

आजै दशरथ रंगशालामा सम्पन्न अर्को खेलमा लिग लिडर मछिन्द्र क्लबले च्यासल युथ क्लबलाई २-० गोलअन्तरले हरायो। मछिन्द्र क्लबको जितमा बिमल घर्ती मगरले १७ औं मिनेट र ३५ औं मिनेटमा सुनिल बलले गोल गरे।

जितसँगै मछिन्द्र क्लब २६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ भने सातदोबाटो १५ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको च्यासल युथ क्लब ५ अंक जोडेर तालिकाको पुछारमा छ भने १० अंक जोडेको नेपाल पुलिस तालिकाको १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell