![बालुवाटारमा एमसीसीलाई लिएर बहस : देउवा, प्रचण्ड र नेपालबिच जुटेन सहमति](https://pahilopost.com/assets/upload/contentthumb/273451599_954997318709698_3108331918474234557_n_(1).jpg)
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु बिच भएको छलफल निष्कर्षविहीन भएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो। तीन नेताबिच करिब १ घण्टा छलफल भएको थियो।
गठबन्धनमा अहिले एमसीसी सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन्।
पछिल्लो समयमा एमसीसीलाई देउवा र प्रचण्डले पठाएको पत्र र एमसीसीले पनि पठाएको जवाफी पत्र सार्वजनिक भएपछि गठबन्धन सकसमा छ।
यस्तै, तीन नेताबिच एमालेले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न गरेको मागबारे पनि छलफल भएको थियो। प्रचण्ड र नेपालले प्रतिनिधिसभा बैठक फागुन ४ गते राख्न सुझाव समेत दिएका छन्।