PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल



पहिलोपोस्ट

गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको एक वर्ष निर्वाचनको वर्ष हुने समेत बताए।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ। यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गर्छ। सबै तहमा नयाँ सरकार नबन्दासम्म कसरी अघि बढ्ने भनेर गठबन्धनले कार्यसूचि अघि बढाएको छ,’ उनले भने।

पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने समेत बताए।

यस्तै, एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने उनको तर्क थियो। त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको उनले बताए।

गठबन्धनमा अहिले एमसीसी सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन्।

पछिल्लो समयमा एमसीसीलाई देउवा र प्रचण्डले पठाएको पत्र र एमसीसीले पनि पठाएको जवाफी पत्र सार्वजनिक भएपछि गठबन्धन सकसमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell