PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

१२.५ प्रतिशतमा मात्र देखियो कोभिड १९ को संक्रमण, घट्दो 'ट्रेन्ड'ले कम गरायो सक्रिय संक्रमित



पहिलोपोस्ट

१२.५ प्रतिशतमा मात्र देखियो कोभिड १९ को संक्रमण, घट्दो 'ट्रेन्ड'ले कम गरायो सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा ८ सय ३६ नयाँ कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा  १२.५६ प्रतिशतको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा ४ हजार २ सय ६० जनाको आरटी पीसीआर तथा २ हजार ३ सय ९४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। यस अवधिमा संक्रमणकै बिच ४ जनाको ज्यान गुमेको छ।

यस अवधिमा १ हजार ८ सय २६ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् भने २ लाख ८८ हजार ८ सय ३७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

संक्रमण दरमा लगातार कमी आउने र संक्रमणमुक्त हुनेको संख्या लगातार माथि रहेकाले नेपालमा सक्रिय संक्रमितको संख्या पनि घट्दो छ। अहिले २६ हजार १ सय २ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell