PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने

बुटवलः लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए। 

स्थायी राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए। 

लुम्बिनी सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डमा प्रतीकात्मक रुपमा स्थापना दिवस मनाउन लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell