PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन



पहिलोपोस्ट

मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन

वीरगंजः जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले वीरगंजको मेयरविरुद्ध प्रदर्शन गरेका छन्। वीरगंज १५ लक्षुमानवास्थित स्वास्थ्य चौकी उद्घाटन गर्न गएको बेला मेयर विजय सरावगीविरुद्ध प्रदर्शन भएको हो।

उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा पार्टीको पहलमा विनियोजित बजेटबाट निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा मेयर सरावगीले कार्यकर्ताहरुलाई बाइपास गरेको आरोप लगाउँदै विरोध जनाइएको हो।

विरोधमा उत्रेका कार्यकर्ताहरुले मेयर सरावगीलाई स्वास्थ्य चौकीको मूल गेटमै रोकेका थिए।

मेयर सरावगीले पार्टीभित्रका अराजक तत्वहरुले आफूविरुद्ध सुन्योजित विरोध गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell