PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

पाल्मेइरसलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि



पहिलोपोस्ट

पाल्मेइरसलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

ब्राजिलियन क्लब पाल्मेइरसलाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले क्लब विश्वकपको उपाधि जितेको छ। यूएईस्थित मोहम्मद बिन जायेद स्टेडियममा सम्पन्न खेलमा पाल्मेइरसलाई २-१ गोलअन्तरले हराउँदै चेल्सी क्लब विश्वकपको च्याम्पियन बनेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। खेलको ५५ औं मिनेटमा कलुम हुडसन ओडोइको पासमा रोमेलु लुकाकुले हेडिङमार्फत गोल गर्दै अग्रता दिलाए। यद्यपि ६४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा राफेल भेइगाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। जसमा काइ हाभर्टेजले ११७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे जुन चेल्सीको जितका लागि निर्णायक बन्यो।

सेमिफाइनलको अल हिलालसँगको खेलमा जस्तै चेल्सीले बल पोजिसन राम्रो बनाए पनि अवसरहरु बनाउन संघर्ष गरेको थियो। उता पाल्मेइरसले चेल्सीलाई काउन्टरमा धेरै 'थ्रेट'हरु दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell