PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने देशको संख्या बढ्दै, अमेरिकाले भन्यो- 'हवाई बमबारी हुन सक्छ'



पहिलोपोस्ट

आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने देशको संख्या बढ्दै, अमेरिकाले भन्यो- 'हवाई बमबारी हुन सक्छ'
रोयटर्स

रुसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने पश्चिमी देशको संख्या बढिरहेको छ। यसरी आग्रह गर्ने देश करिब एक दर्जन पुगेका छन्। जसमा अमेरिका, बेलायत र जर्मनीलगायतका देश छन्। जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, नेदरल्यान्ड्स, लात्भियाले पनि आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरिसकेका छन्।

ह्वाइट हाउसले भने कुनै पनि समयमा हवाई बमबारी हुन सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत गराएको छ।

अमेरिकी विदेश मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा रहेका अत्यावश्यकबाहेक कर्मचारी फिर्ता बोलाएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलभेनले रुस ठूलो सैन्य कारबाही तयारीमा रहेको बताएका छन्।

रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारहित एक लाख सेना तैनाथ गरेपछि तनाव बढेको हो। यद्यपि उसले आक्रमण गर्ने कुरालाई अस्वीकार गरेको छ। रूसले त्यस्ता आरोपलाई 'उत्तेजक अनुमान' को संज्ञा दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell