PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

'जनयुद्ध' दिवसमा प्रचण्डको अपिल : छरिएका माओवादी एक होऔं



पहिलोपोस्ट

'जनयुद्ध' दिवसमा प्रचण्डको अपिल : छरिएका माओवादी एक होऔं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन्। २७औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्वलाई बदनाम गर्न अहिले पनि लागिरहेको आरोप लगाएका छन्। उनले सन्देशमा भनेका छन्, 'एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु।'

संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु जनयुद्धकै योगदान रहेको उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell