PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निर्वाचन आयोगमा आजदेखि हरेक दिन प्रेस मिट



पहिलोपोस्ट

निर्वाचन आयोगमा आजदेखि हरेक दिन प्रेस मिट

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचन र आफ्ना दैनिक गतिविधिबारे निर्वाचन आयोगले आजदेखि प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी दिने भएको छ।

हरेक दिन अपराह्न ४ बजे कान्तिपथस्थित कार्यालयमा रहेको मिडिया सेन्टरबाट प्रवक्ता/सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने आयोगका उससचिव कमल ज्ञवालीद्वारा जारी सूचनामा जनाइएको छ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell