PahiloPost

Jun 23, 2024 | १० असार २०८१

आजको मौसम : आंशिक बदली हुन सक्ने



पहिलोपोस्ट

आजको मौसम : आंशिक बदली हुन सक्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशभर आगामी तीन दिनसम्म मौसम सफा रहने जनाएको छ।

हाल तराईका केही भू-भागमा हुस्सु र कुहिरो रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell