PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्‍यो, जबराले दैनिक कामकाज गर्न नपाउने



पहिलोपोस्ट

सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्‍यो, जबराले दैनिक कामकाज गर्न नपाउने

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएको छ। संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ प्रस्ताव रही जबराविरुद्ध महाभियोग दर्ता भएको हो। बिहान ११ बजेर १० मिनेट जाँदा महाभियोग दर्ता भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

महाभियोग दर्ता भएसँगै जबराले अब दैनिक कामकाज गर्न पाउने छैनन्।

जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही महिनादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ। यस्तै, न्यायाधीशहरुले समेत जबरासँग बेन्च सेयर गरेका छैनन्। जबराले मंसिर १५ देखि कुनै पनि मुद्दा हेरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell