PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

छापामार शैलीमा संसदमा महाअभियोग ल्याइएको छ : एमाले नेता नेम्वाङ



पहिलोपोस्ट

छापामार शैलीमा संसदमा महाअभियोग ल्याइएको छ : एमाले नेता नेम्वाङ

काठमाडौं : सत्तारुढ दलहरुले संसद्मा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग छापामार शैलीमा आएको नेकपा (एमाले)का नेता सुवास नेम्बाङले टिप्पणी गरेका छन्। 

एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले अहिले दर्ता भएको महाअभियोग आफ्नो पार्टीलाई थाहा नै नदिई छापामार शैलीमा आएको आरोप लगाए।

‘संसदीय प्रणालीमा प्रतिपक्षको महत्त्व हुन्छ। तर, हामीलाई कुनै पनि जानकारी नदिई छापारमा शैलीमा दर्ता गराइएको छ,’ उपनेता नेवाङले भने।

आज बिहान सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङको प्रस्तावमा जबराविरुद्ध महाभियोग दर्ता भएको हो। बिहान ११ बजेर १० मिनेट जाँदा महाभियोग दर्ता भएको हो।

‘हामी यतिखेर सातै प्रदेशमा चुनावको तयारीमा छौँ। त्यसमध्ये हामीले अदालतमा दायर गरेका गम्भीर प्रकृतिका मुद्दाहरु छन्। यस्तो अवस्थामा महाअभियोग किन ल्याइयो? यस विषयमा हामी पार्टीमा छलफल गरेर के गर्ने भन्ने धारणा राख्छौँ,’ उपनेता नेम्वाङले भने।

महाअभियोग दर्ता भएसँगै जबराले अब दैनिक कामकाज गर्न पाउने छैनन्।

जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही महिनादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ। यस्तै, न्यायाधीशहरुले समेत जबरासँग बेन्च सेयर गरेका छैनन्। जबराले मंसिर १५ देखि कुनै पनि मुद्दा हेरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell