PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

दैनिक कामकाजबाट चोलेन्द्र शम्शेर आउट, कामुमा कार्की



पहिलोपोस्ट

दैनिक कामकाजबाट चोलेन्द्र शम्शेर आउट, कामुमा कार्की

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनले दैनिक कामकाज गर्न नपाउने भएका छन्।

प्रधान न्यायधीशपछि वरिष्ठताको आधारमा अब दीपक कुमार कार्कीले सर्वोच्व अदालतको कायम मुकायम पद सम्हाल्ने छन्। महाभियोग दर्ता भएसँगै जबराले अब दैनिक कामकाज गर्न पाउने छैनन्।

जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही महिनादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ। यस्तै, न्यायाधीशहरुले समेत जबरासँग बेन्च सेयर गरेका छैनन्। जबराले मंसिर १५ देखि कुनै पनि मुद्दा हेरेका छैनन्।

आज बिहान सत्तारुढ दलले नै प्रधान न्यायधीश राणा विरुद् संसदमा महाअभियोग दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने अहिलेसम्म आधिकारीक धारणा राखेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell