PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

दुवईबाट आएका चिनियाँ नागरिक झन्डै ४ किलो सुन सहित समातिए



पहिलोपोस्ट

दुवईबाट आएका चिनियाँ नागरिक झन्डै ४ किलो सुन सहित समातिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रुपमा भित्र्याएको सुन सहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

विमानस्थलमा खटिएको सुरक्षाकर्मीले चिनिया नागरिकले ल्याएको ४ केजी ८ सय ४० ग्राम सुन बरामद सहित उनलाई नियन्त्रणमा लिएको हो।

चिनियाँ नागरिक शनिवार बिहान साढे ९  बजे हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका थिए। अर्ध ठोस अवस्थामा करिब ४ किलो ८ सय ४० ग्राम सुन भेटिएको हो। उनले ल्याएको सुनको मूल्य साढे ३ करोड रुपैयाँ भन्दा बढी पर्न आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell