PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

तेइस वर्षका युवकको कोरोना संक्रमणकै बिच मृत्यु



रासस

तेइस वर्षका युवकको कोरोना संक्रमणकै बिच मृत्यु

राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ५१ पुगेको छ।

शनिवारमात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए।     
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell